राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिन्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल।फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन्।

बुधबार काठमाडौँमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानुनी उपाय खोजिने बताएका हुन्।

कानुनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए। उनले राष्ट्रपतिले अहिले संविधान नै उल्लंघन गरेका कारण भविष्यमा पनि कानुन उल्लंघन गर्ने संभावना देखिएको पनि तर्क गरे।

अध्यक्ष नेपालले नागरिकता विधेयकका विषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखे।त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको पनि बताए।

उनले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गरे

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्