पत्रकार महासङ्घ भन्छ- संविधानकाे सबैले अक्षरश: पालना गर्नुपर्छ

काठमाडाैँ- नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ।

महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो।

महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सधैँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ।

महासंघले पछिल्लाे घटनाक्रमलाई संवैधानिक विधिबाट निकास दिइ कुनै प्रकारकाे द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न सम्बन्धित पक्षहरूलाई आग्रहसमेत गरेकाे छ।

विज्ञप्ति:

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्