धनगढीमा अनशनरत केसी आफ्नै खर्चमा काठमाडाैँ गए

धनगढी –धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाण्डाै गएका छन्।

सरकारको खर्चमा काठमाडौं जान अस्वीकार गरेका केसी अहिले बेलुका आफ्नै खर्चमा काठमाडाैँ गएका हुन्।

२०औं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डा केसीलाई सरकारले एयरलिफ्ट गर्न खोज्दा नमानेका हुन्।

आमरण अनशनको दशौं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा काठमाडौं गएकाे उनका सहयोगीले जानकारी दिए।

उनी ४ः४५ बजेको श्री एयरलाईन्सकाे फ्लाइटमा धनगढीबाट काठमाडाै गएका हुन। काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा केसीलाई काठमाडौं लग्ने मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो।

त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो। तर विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा केसीले सेनाको हेलिकप्टरमा काठमाडौं जान मानेका थिएनन्।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्