सिजी ल्यान्डमार्कको बृहत् सांगीतिक कार्यक्रममा शम्भुजित बास्कोटा, आनन्द कार्कीलगायत आउने

भरतपुर– चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको होटल चितवनमा असोज ८ गते शनिबार भव्य सांगीतिक कार्यक्रम हुने भएको छ।

दसैं, तिहार, छठ जस्ता नेपालीका प्रमुख पर्व आगमनको अवसर पारेर म्युजिक एसोसिएसन अफ नेपालले सांगीतिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपाली संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरु शम्भुजित बाँस्कोटा, आनन्द कार्कीलगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

फेस्टिभ मुड नाम दिइएको सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका चर्चित गायक, गायिकाको पनि प्रस्तुति रहने बताइएको छ। कार्यक्रममा मिलन नेवार, टिका प्रसाई, विश्व नेपाली, सुरेश लामा, मञ्जु थापा, राजा राजेन्द्र पोखरेल र मेलिना मैनालीलाई पनि प्रत्यक्ष सुन्न पाइनेछ।

उक्त सांगीतिक कार्यक्रममा नेपाल टेलिकम, एनआइसी एसिया बैंक, मदिरा ब्रान्ड रोयल स्ट्याग ह्विस्की, नेपाल वायुसेवा निगमलगायतको सहयोग छ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्