प्रदेश १ सरकारद्वारा सुरक्षा निकायलाई ६ वटा मोटरसाइकल हस्तान्तरण

मोरङ – प्रदेश १ सरकारले सुरक्षा निकायलाई ६ वटा मोटरसाइकल प्रदान गरेको छ।

बुधबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सुरक्षा निकायका लागि खरिद गरिएको स्कर्टिङ मोटरसाइकल प्रदान गरेका हुन्।

सो क्रममा मुख्यमन्त्री राईले सुरक्षा निकायले सडकमा समेत जनताको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताएका थिए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अपराध न्यूनीकरणका लागि सुरक्षाकर्मी र सुरक्षा निकायलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने र मुख्य राजमार्गमा सरकारले सिसी टिभी क्यामेरा जडान गरिरहेको बताए।

कार्यक्रममा प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोग सुखद भएको बताएका थिए।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्