म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एक सातामा ५८ हजार भन्दा बढीको आवेदन

जनकपुरधाम – मधेस प्रदेशमा म्यादी प्रहरीका लागि एक सातामा ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृहमन्त्रालयले असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि विज्ञापन आह्वान गरेकोमा एक दिन बाँकी रहेको समय यति संख्यामा आवेदन परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार एक साताको अवधिमा बारामा सबैभन्दा बढी ९ हजार ४५२ जनाले म्यादी प्रहरीका लागि दरखास्त भरेका हुन्।

यस्तै सप्तरीमा ७ हजार ९९२, सर्लाहीमा ७ हजार ७२०, रौतहटमा ७ हजार ४६७, धनुषामा ६ हजार ९ सय, पर्सामा ६ हजार ५४८, महोत्तरीमा ६ हजार ४८४ र सिरहामा ६ हजार १२५ जनाले म्यादी प्रहरीका लाग दरखास्त भरेको प्रवक्ता तिम्सिनाले जानकारी दिए।

दरखास्त दिनेहरुमध्ये १० हजार ८४८ जना महिला र ४७ हजार ८४० जना पुरुष रहेका छन्।

म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन भनिएकोमा पहिलो दिन ८ हजार ४१३ जना, भदौ ३१ गते ११ हजार ८१२, तेस्रो दिन ४ हजार ५९७, चौथो दिन असोज २ गते १० हजार ३८६, पाँचौ दिन असोज ३ गते ७ हजार १२०, छैठौँ दिन असोज ४ गते ८ हजार ५९० र सातौँ दिन असोज ५ गते ७ हजार ७७० जनाले दरखास्त दिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्