बालेनकाे कटाक्ष अदालतलाई, भन्छन्- टुकुचालाई खाेला भन्न सक्दैन भने नेपाललाई कसरी देश भनेर प्रमाणित गर्छ?

फाइल तस्बिर

काठमाडाैँ- काठमाडाैँ महानगरका मेयर बालेन शाह (बालेन्द्र)ले फेरि एकपटक अदालतमाथि कटाक्ष गरेका छन्।

बालेनले सामाजिक सञ्जालमार्फत् अदालतमाथि कटाक्ष गरेका हुन्।

फेसबुकमा उनले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’

उच्च अदालत, पाटनले टुकुचा खोलामाथि रहेका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेकाे थियाे। त्यसपछि बालेनकाे याे कटाक्ष आएकाे हाे।

बुधबार अदालतले कारण देखाऊ आदेश जारी गरेकाे थियाे।

महानगरले टुकुचामाथि बनेका संरचना भत्काउन थालेपछि २१ जनाले उच्च अदालत, पाटनमा मुद्दा हालेका थिए।

मेयर बालेनले यसभन्दा अगाडि पनि अदालतले नर्भिक अस्पताल नभत्काउन आदेश दिँदा पनि अदालतमाथि कटाक्ष गरेका थिए।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्