लेखक खगेन्द्रकाे कटाक्ष: संघीयताविराेधी, राजावादी र नश्लवादीकाे नेतृत्व एमालेले लियाे

काठमाडाैँ- लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्राैलाले नेकपा एमालेमाथि कटाक्ष गरेका छन्।
संग्राैलाले सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरेपछि यसकाे समर्थनमा एमालेसहित अन्य केही लागेका र ती सबैकाे नेतृत्व एमालेले लिएकाे भन्दै कटाक्ष गरेका हुन्।
उनले ट्विटरमा लेखेका छन्, ‘लगभग ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै छाया राष्ट्रपति विद्यादेवीले नागरिकता विधेयक खारेज गरिन्। याे खारेजीकाे समर्थनमा छिटफुट अपवादलाई छाडेर संघीयताविराेधी, राजावादी र नश्लवादी लाइन लागे। र,यी सबै तत्वकाे नेतृत्व लियाे एमालेकाे ओली प्रवृत्तिले। देखियाे है रमिता!’
लगभग ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै छाया राष्ट्रपति विद्यादेवीले नागरिकता विधेयक खारेज गरिन्।याे खारेजीकाे समर्थनमा छिटफुट अपवादलाई छाडेर संघीयताविराेधी,राजावादी र नश्लवादी लाइन लागे।र,यी सबै तत्वकाे नेतृत्व लियाे एमालेकाे ओली प्रवृत्तिले।देखियाे है रमिता!
— Khagendra Sangroula (@belakoboli) September 21, 2022
दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था संविधानले गरे पनि राष्ट्रपति भण्डारीले त्यसको उल्लंघन गरेकी छिन्।
मंगलबार मध्यरातिसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि भण्डारीले विधेयकलाई त्यसै थन्क्याएकी हुन्।
यता, बुधबार बिहान बसेको गठबन्धनको बैठकले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर गैर संवैधानिक काम गरेको निष्कर्ष निकालेको थियो।
राष्ट्रपतिले संविधानअनुसार गर्नुपर्ने काम नगरेपछि गठबन्धनले संविधानविदसँग आज छलफल गर्दैछ।