पूर्वआइजिपी खनाल आज एमालेमा प्रवेश गर्ने

पूर्व आइजिपी सर्वेन्द्र खनाल। फाइल तस्बिर।

काठमाडाैँ- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दैछन्।

एमालेकाे मुख्या कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्