असाेज ११ गतेदेखि लागू हुनेगरी ताेक्याे आयाेगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित)

काठमाडाैँ- निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयाेगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई निर्वाचन अधिकृतकाे पदमा नियुक्त गरेकाे हाे।
आयोगले यही असोज ११ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको हाे।
‘संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ काे दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ काे दफा ८ बमाेजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९/०६/११ गतेदेखि लागू हुनेगरी देहाय बमाेजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतकाे पदमा नियुक्त गरिएकाे छ’, सूचनामा उल्लेख गरिएकाे छ।
आयाेगले जारी गरेकाे सूचनाअनुसार प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएकाे छ।
सूची: