बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुई कम्पनीमा सिलबन्दी

वीरगञ्ज- बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुईवटा कम्पनीमा सिलबन्दी गरिएको छ।

फेटा गाउँपालिका- २ जगतपुर टोलमा रहेको गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो।

गुणस्तरहीन घ्यू उत्पादन भइरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि तथा प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा गुणस्तरहीन घ्यू उत्पादन गरेको पाएपछि कम्पनीमा सिलबन्दी गरेको हो।

अनुगमनको क्रममा टोलीले कम्पनीमा तयारी गोकुल लेखिएको ५०० ग्रामको १२७७ बट्टा (६३८.५ लिटर कच्चा पदार्थ, घ्यू तयारको लागि राखिएको कच्चा पदार्थ १५० लिटर समेत बरामद गरी सिलबन्दी गरिएको बाराका प्रहरी उपरीक्षक गाेबिन्द्र बोगटीले जानकारी दिए।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्