‘आइएमई पे’ले ७.१३ प्रतिशत ब्याज दिने

काठमाडौँ–आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। साविकमा रहँदै आएको ६.०३  प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरिएको छ।

प्रयोगकर्ताहरुले अब बैंकमा पाइनेजस्तै सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पेमार्फत पाउन सक्ने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा एक हजार रुपैँया कायम राखी सुपर वालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्नेछन्।आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ।

साथै ग्राहकहरुले यस दशैं, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९अभियानअन्तर्गत आइएमई पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको इ–स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्