बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टिमको घोषणा

फाइल तस्बिर

काठमाडौँ – बंगलादेशविरुद्ध आगामी ११ असोजमा दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल खेलको लागि राष्ट्रिय टिमको घोषणा गरिएको छ।

नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन्।

हुमगाईंले टोलीमा युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीलाई समेट्दा अनुभवी खेलाडी नवयुग श्रेष्ठ, भरत खवास तथा यसअघि टिममा स्थान बनाएका आयुष घलानलाई टोलीमा सहभागी गराइएको छैन।

यस्तो छ नेपाली टिमः

गोलरक्षकः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्