मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु

हेटौंडा – मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो। एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्