‍सवारीसाधनको २० वर्षे आयु पुनर्विचार गर्न माग

फाइल फोटो।

काठमाडौँ – स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारीसाधनमा लगाएको २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेश टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाइ २० वर्षे आयु पुनर्विचार गर्न माग गरेको हो।

सार्वजनिक सवारीलाई लगाइएको २० वर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० वर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नवीकरण गर्नुपर्ने र जफत गरिएका सवारी साधनहरु तत्काल सवारी धनीहरुलाई फिर्ता गर्नुपर्ने आफूहरुको माग रहेको संगठनका अध्यक्ष खड्गबहादुर गिरीले जानकारी दिए।

उनले गाडीहरु आयुले नभइ इञ्जिनले चल्ने भएकाले इञ्जिन सही अवस्थामा रहेका सवारीसाधन चल्न पाउनुपर्ने बताए। संगठनले यस विषयमा आफूहरु छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्