‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेको छैन’

काठमाडौँ – राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताएका छन्।

नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अन्तरसरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताएका हुन्।

उनले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताए। उनले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानून बमोजिम बाड्नु भनिएको भए पनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताए।

उनले भने, ‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने त्यहाँ के भनेको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँड्दाखेरी जिल्ला सभालाई पनि तिमीले बाँड है भनेर भनिएको छ ऐनमा। तर हामीले त्यो बाँडेका छैनौ अहिलेसम्म। त्यसैले ऐन पालना नगरेको भनेर महाअभियोग लगाउने हो भने त्यसको लागि ठाउँ छ। मैले क्लू नै दिएँ। त्यो हामीले किन गरेनौँ भने संसदले बनाएको कानून संविधानसँग मेल खाँदैनँ। किन मेल खाँदैन भने संविधानमा के भनिदिनु भयो भने कानून बमोजिम बाहेक खर्च गर्न नि पाइँदैन। कानून बमोजिमबाहेक पैसा उठाउन पनि पाइँदैन। एक पैसा उठाउन पनि पाइँदैन।’

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्