दार्चुलाको लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

सांकेतिक तस्बिर।
धनगढी – दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ।
जिल्लाको महाकाली नगरपालिका–४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाको छ।
भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए।