रुकुम दुर्घटना अपडेटः मृतक पाँच जनाको पहिचान खुल्यो

सांकेतिक तस्बिर।

दाङ – रुकुम पूर्वको भूमे गाउँपालिका–३ क्याङसी बगरमा भएको बस दुर्घटनाबाट मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा रुकुम पूर्व भूमे गाउँपालिका–५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ।

दुर्घटनामा परि घाइते भएका १२ जनामध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ। काठमाडौँबाट रुकुमकोट जादै गरेको ग १ ख ९१०९ नम्बरको बस रुकुम पूर्वमा दुर्घटना परेको थियो।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्