जिल्लामा उपचार नहुने भएपछि कुष्ठरोगी सुनारलाई जिल्लाबाहिर उद्धार

सिमकोट – अस्पतालमा उपचार नहुने भएपछि कुुष्ठरोगका बिरामी छक्क सुुनारलाई सहयोगी निकायको आर्थिक सहयोग र समन्वयमा जिल्लाबाहिर उद्धार गरिएको छ।

अस्पतालका चिकित्सकले उपचारका लागि जिल्लाबाहिर रिफर गरेकामा १० दिनपछि उनलाई नेपालगञ्ज उद्धार गरिएको हो।

सिमकोट गाउँपालिकाको समन्वयमा उनको बाँकेको नेपालगञ्जस्थित साइनिङ अस्पतालमा पठाइएको उपाध्यक्ष सुशिला रोकायाले बताइन्।

बिरामी र कुुरुवाको हवाई भाडासमेत गाउँपालिकाले हालेको छ। उक्त अस्पतालमा उनको निःशुल्क उपचार हुने उपाध्यक्ष रोकायाले बताइन्।

उनलाई घरको आर्थिक अवस्था दयनीय भएका कारण उपचार गर्न आर्थिक अभाव भएको थियो। २४ वर्षीया कुुष्ठरोगी सुनार पैसा नभएकै कारण अस्पतालले उपचार गर्न जिल्लाबाहिर रिफर गरे पनि जान सकेका थिएनन्।

सिमकोट गाउँपालिकाको सहयोगमा भदौ २८ गते सुनारको जिल्ला अस्पतालसम्म उद्धार गरिएको थियो।

हुम्लाको अस्पतालमा उपचार गर्दा सुनारले घरको आर्थिक अवस्था दयनीय भएका कारण अस्पतालबाट निःशुल्क पाएको औषधिबाहेक किनेर खानुपर्ने औषधिसमेत खान पाएका थिएनन्।

चिकित्सकले उनको उपचार कुुष्ठरोगसम्बन्धी उपचार गर्ने सुधारगृहमा गर्नुपर्ने जनाएपछि त्यसको पनि खोजी भइरहेको छ। स्वास्थ्य सेवा कार्यालयले जिल्लाभरि विभिन्न रोगबाट पीडित हुँदै आएका बिरामीको तथ्यांकमा हुुम्लामा कुुष्ठरोगीको संख्या कुल जनसंख्याको शून्य दशमलव ५ प्रतिशत छ।

यो राष्ट्रिय जनगणना ०७८ अनुुसार जिल्लाको प्रारम्भिक जनसंख्या ५५ हजार ७ सय ६२ छ। एक महिनाअघि सिमकोट गाउँपालिका–२ कुुष्ठरोगीका एक जना बिरामीको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको सहयोगमा जिल्लाबाहिर उद्धार गरिएको थियो।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्