राष्ट्रपतिविरुद्धकाे रिटकाे सुनुवाइ आज

फाइल तस्बिर।

काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणीकरण नगरेपछि गराउन माग गर्दै दर्ता भएका ती सबै रिटकाे पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको हाे ।

राष्ट्रपतिविरुद्ध अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन् ।

संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मंगलबार राति १२ बजे समाप्त भइसकेकाे छ ।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्