सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई (विज्ञापनसहित)

काठमाडौँ – सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

प्रस्तुत छ गाेरखापत्रमा प्रकाशित विज्ञापन:

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्