बेल्जियम र नेदरल्यान्डको सहज जित

युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई घरेलु मैदानमा २-१ ले पराजित गरेको छ।

बेल्जियमको जितमा डि ब्रएनले एक गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। समूहकै अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई हराउँदै अपराजित रुपमा शीर्ष स्थानमा कायम रह्यो।

ब्रसेल्समा भएको खेलमा बेल्जियमले १० औँ मिनेटमा डि ब्रुएनको गोलबाट अग्रता लिएको थियो। अर्को गोल ३७ औँ मिनेटमा मिचे बात्सुईले गरेका थिए। जितसँगै बेल्जियम १० अंकका साथ दोस्रो स्थानमा रह्यो।

त्यस्तै, समूहको शीर्ष स्थानमा रहने क्रममा नेदरल्यान्डले पोल्यान्डलाई २-० ले पराजित गर्यो। नेदरल्यान्डको जितमा गाक्पो र बेरग्विन्जले समान १-१ गोल गरेका थिए।

नेसन्स लिगअन्तर्गतनै भएका अन्य खेलमा काजिकिस्तानले बेलारुसलाई २-१, मोल्डोभाले लातिभियालाई २-१, अजरबैजानले स्लोभाकियालाई २-१ र एन्डोराले लिक्टेन्सटाइनलाई २-०ले पराजि गरेका थिए।

त्यस्तै, लिथुनिया र फारो आइसल्यान्डले १-१ गोलको बराबरी खेल्दा टर्की लक्जेमबर्गसँग ३-३ गोलको बराबरीमा रोकियो।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्