दार्चुलामा जीप दुर्घटना: एक जनाकाे मृत्यु, आठ घाइते

सांकेतिक तस्बिर।

धनगढी – दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाकाे मार्मा गाउँपालिका लटिनाथबाट अपिहिमाल गाउँपालिका-५ तिम्ला जाँदै गरेको म १ ज २३३ नम्बरको बोलेरो जीप बिहीबार वेलुका दुर्घटना भएको हो।

जीप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका-६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

अन्य जीपमा सवार ८ जनाले भने हाम फालेर ज्यान बचाएका छन्।

जीप सडकबाट लगभग २ सय मिटर तल खसेको छ। हाम फालेर ज्यान जाेगाएका आठै जना सामान्य घाइते भएका छन्।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्