नागरिकता विधेयक प्रमाणिकारणको माग गर्दैै परेको रिट न्यायाधीश मनोज शर्माको इजलासमा

फाइल तस्बिर

काठमाडौँ – नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन्।

नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपति कार्यालयलाई परमादेश दिनुपर्ने माग राखी बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका थिए।

रिटको आज शुक्रबारदेखि सुनुवाई हुँदैछ। पाँच फरक रिट निवेदनहरु एकसाथ डा। शर्माको एकल इजलासमा पेशी तोकिएको हो । ३० वटाभन्दा पछि पालो परेकाले निवेदनहरुको सुनुवाइ हुने सम्भावना भने न्यून छ।

संघीय संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन्।

राष्ट्रपति भण्डारीले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै उनीविरुद्ध पाँच फरक रिट निवेदनहरु दर्ता भएका थिए।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्