सुसाइड नोट लेखेर गायिका जेरुसा राई बेपत्ता

काठमाडौँ –  सुसाइड नोट लेखेर गायिका जेरुसा राई बेपत्ता भएकी छन्।

उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन्।

उनी बिहीबार साँझ ७ बजेदेखि बेपत्ता भएको ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीले बताए।

३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन्। उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतले जनाएको छ।

राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन्। उनका केही नेपाली र अंग्रेजीका कभर गीतहरु चर्चित छन्।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्