दाबी नपुग्ने अपुताली खाने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर।

काठमाडौँ – अपुताली खाने हकदार नभएको जग्गा सरकारी करण हुनुपर्ने भए पनि व्यक्तिका नाउमा पु¥याउनेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बर्दियाको साविक मैनापोखर गाविस–१ हाल बढैयाताल गाउँपालिका– ६ मा रहेको चिरकु तेलीको जग्गा व्यक्तिका नाउमा पु¥याउने विरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

२०४३ सालमै मृत्यु भएका तेलीको नाउमा रहेको २ बिगाह ६ कट्ठा जग्गा हक खाने कोही नहुँदा अपुताली परेको थियो। अपुतालीको हक खाने हकदार नभएको अवस्थमा उक्त जग्गा स्वतः सरकारीकरण हुनुपर्ने भए पनि ६ जनाले मिलेर आफ्नो नाउमा पु¥याएको आयोगले जनाएको छ।

आयोगले त्यो जग्गा गैरकानुनी रुपमा नामसरी गर्न भूमिका खेल्ने भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भीमबहादुर खत्री, नासु रुद्रसेन साहुविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

त्यस्तै आफ्नो हक नपुग्ने जग्गा दाबी गरेर नामसारी गरी लिने सैजाद अलि तेली र जैनव तेली बढैयाताल गाउँपालिका– ६ का वडा अध्यक्ष रामहरष थारु र अञ्जना दाहाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्