इ–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना, काठमाडौंमा घर उपहार

काठमाडौँ – डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ।

ललितपुरमा शुक्रवार पत्रकार सम्मेलन गर्दै इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन ६ महिनाका लागि ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो। इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा सुविधा सम्पन्न घर दिने घोषणा गरेको छ।

विदेशमा रहेका नेपालीले इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएर इसेवाको ‘मेरो डिजिटल देश’ अभियान सहभागिता जनाउन सकिने बताएको छ।

पत्रकार सम्मेलनमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सुरु गरिएको बताए।

उनले सेवा मनी ट्रान्सफरले नेपालीहरुले नेपालमा रेमिट्यान्स पठाउँदा लागत कम गर्न सफल हुँदै आएको पनि बताए।

कोइरालाले नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई सफल बनाउनको लागि यो अभियान सार्वजनिक गरेको बताए।

उनले विश्वका विभिन्न देशमा रहेका नेपालीले इसेवा मनी ट्रान्सफरको अभियानमा सहभागी भई रेमिट्यान्स पठाएर सहयोग गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, ब्राण्ड एम्बास्डर महानायक राजेश हमालले इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा जोडिन पाउँदा गर्व लागेको बताए।
उनले विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीले पठाउने रेमिट्यान्स सही ढंगले र कम लागतमा नेपाल आउन सके राम्रो हुने बताए।
उनले इसेवा मनी ट्रान्सफरबाट नेपालमा पैसा पठाए विदेशमा मिहिनेत गरेर नेपालीले कमाएको पैसा सही रुपमा नेपालमा आउने बताए।

खाडी मुलुकमा पुगेर व्यक्तिगत रुपमै भेटी अभियानको विषयमा जानकारी गराउने उनले बताए।
त्यस्तै, नायिका स्वस्तिमा खड्काले इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा जोडिन पाउँदा खुशी लागेको बताइन्। उनले इसेवाले यस्ता योजना बनाउँदा व्यावसायिक रुपमा मात्रै नभएर ग्राहकलाई खुसी बनाउने योजना साथ काम गर्दै आएको बताइन्।

त्यस्तै, इसेवा मनी ट्रान्सफरका व्यवस्थापक सागर खनालले विदेशबाट नेपालीले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा ५० प्रतिशत लागत कम हुने बताए। उनले नेपालमा आउने रेमिट्यान्स सबै डिजिटल बनाउन सके वार्षिक रुपमा २० अर्ब रेमिट्यान्स बढाउन सकिने बताए। उनले मनी ट्रान्सफरले सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ योजना फागुन ६ गते २०७९ सम्म चल्ने बताए। उनले योजनाअनुसार काठमाडौंमा घर उपहार पाउन विदेशबाट इसेवा वालेट वा नेपाली बैंकहरूमा डिजिटल रेमिट्यान्समार्फत रकम पठाउनुपर्ने बताए।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने उद्देश्यले ६ महिने ‘मेरो डिजिटल देश’ अभियान गर्न लागेको कम्पनीले जनाएको छ।

यो योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको अर्थतन्त्र बलियो बनाउन तथा विदेशी मुद्रा सञ्चिती बढाउन मद्दत पुग्ने कम्पनीको अपेक्षा छ।

 

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्