अन्नपूर्ण होटलमा सुरु भयो ‘सेकेन्ड ह्याण्ड’ कार मेला (तस्बिरहरु)

काठमाडौँ – राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा कार मेला सुरु भएको छ।

दसैंको अवसरमा शुक्रबारदेखि अन्नपूर्ण होटलको प्राङ्गणमा ‘सेकेन्ड ह्यान्ड’ कार मेला सुरु भएको हो। मेला असोज ९ गतेसम्म चल्नेछ।

कार मेला ‘हाम्रो बजार’ले आयोजना गरेको हो। जहाँ ग्राहकहरुले एकैठाउँमा सेकेन्ड ह्याण्ड कारहरु किन्न, बेच्न र साट्न पाउने कम्पनीले जनाएको छ।

आयोजकका अनुसार ग्राहकहरुले गाडी खरिदका लागि फाइनान्सिङको पनि सुविधा पाउनेछन्।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्