पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

फाइल तस्बिर।

काठमाडाैँ – पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ ।

गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्