इंग्ल्यान्डद्वारा पाकिस्तान पराजित

बेन डुकेट र ह्यारी ब्रुकले तेस्रो विकेटका लागि अविजित १ सय ३९ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले पाकिस्तानलाई ६३ रनले पराजित गरेको छ। जितसँगै पाहुना टोली इंग्ल्यान्डले सिरिजमा २-१ को अग्रता बनाएको छ।

कराँचिमा टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रनको उच्च स्कोर बनाएको थियो। इंग्ल्यान्डको विशाल स्कोरमा बेन डुकेटले ४२ बलमा ७० रन बनाउँदा ह्यारी ब्रुकले ३५ बलमा ८१ रनको योगदान दिएका थिए। त्यस्तै विल ज्याक्सले ४० र डेविड मलानले १४ रन बनाएका थिए।

२ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान भने खराव सुरुवातको सिकार भयो। उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाएका थियो। पाकिस्तानका लागि सान मसुदले ६५ रन बनाउनु सर्वाधिक रह्यो।

त्यस्तै, खुसदिल साले २९ रन बनाउँदा मोहमद नवाजले १९ रन बनाएका थिए। उसका अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्