मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जित

ब्राजिलले मैत्रीपूर्ण खेलमा घानालाई ३-० ले पराजित गरेको छ।

कतार विश्वकपको तयारीका रूपमा रहेको मैत्रीपूर्ण खेलमा ब्राजिलले अफ्रिकी राष्ट्र घानामाथि सहज जित निकालेको हो।

फ्रान्स्को ले हाभ्रेमा शुक्रबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई गोल गरेका थिए। ब्राजिलले पहिलो हाफमा गरेको तीन गोल नै निर्णायक रह्यो।

ब्राजिललाई अग्रता दिलाउने क्रममा नवाैँ मिनेटमा मार्किन्हसले राफिन्हाको पासलाई सदुपयोग गरेका थिए।

२८ औँ मिनेटमा रिचार्लीसनले नेयमारको पासलाई सदुपयोग गर्दा तेस्रो गोल पनि ३९ औँ मिनेटमा नेयमारकै पासमा रिचार्लीसनले सम्भव बनाएका थिए।

ब्राजिल पछिल्लो १४ खेलमा अपराजित रहेको छ। अब ब्राजिलले ट्युनिसियासँग अर्को मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्