इटालिसँग पराजित हुँदा इंग्ल्यान्ड रेलिगेशनमा, जर्मनी पनि पराजित

नेसन्स लिग फुटबलमा लगातार खराव प्रदर्शन गर्दै आएको इंग्ल्यान्ड अन्तत लिग ए को समूह ३ बाट रेलिगेशनमा परेको छ। मिलानमा भएको खेलमा इंग्ल्यान्ड इटालिसँग १-० ले पराजित भयो। जितपछि इटालि समूहको दोस्रो स्थानमा रहेको छ।

सोहि समूहको अर्को खेलमा जर्मनीलाई १-० ले पराजित गर्दै हंगेरी १० अंकका साथ शीर्ष स्थानमा उक्लियो। हंगेरीका लागि साजलाईले १७ मिनेटमा गरेको एकमात्र गोल निर्णायक भएको थियो। खेलमा ७३ प्रतिशत पोसेसन राखेको जर्मनी भने हंगेरीविरुद्ध गोल गर्न असफल रह्यो।

त्यस्तै, नेसन्स लिगमा लगातार खराब प्रदर्शनका कारण इंग्ल्यान्ड भने समूहबाट रेलिगेशनमा परेको छ। इटालिको जितमा ६८ औ मिनेटमा रासपाडोरीले गरेको एकमात्र गोल निर्णायक बन्यो। इंग्ल्यान्डले पनि गोलका केही राम्रा अवसर सदुपयोग गर्न सकेन।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्