काठमाडौँ – अनसनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

बृहत नागरिक आन्दाेलनले शनिबार दिउँसाे प्रदर्शन गरेकाे हाे। प्रदर्शनमा लेखक खगेन्द्र संग्राैला, सञ्जीव उप्रेतीलगायत उपस्थिति थिए।

उनीहरूले ‘गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ?’, ‘खल्तीबाट नियुक्ति नियम-कानुन खै?’, ‘उपचार गर्न कहिलेसम्म काठमाडौँ धाउनु पर्ने?’, ‘माफियाको मिसन सिटामोलको कमिसन’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

डा. केसी १३ दिनदेखि अनसनरत छन्। उनले कैलालीको धनगढीमा भदौ २७ गतेदेखि २० औँ अनसन सुरु गरेका थिए।

डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनी आफ्नै खर्चमा काठमाडौँ फर्किएका थिए। अहिले उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

हेर्नुहाेस् तस्बिरहरू: