काम धेरै, तलब थाेरै भन्दै सडकमा उत्रिए नर्स (तस्बिरहरू)

काठमाडाैँ- विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आफ्ना हकहितका लागि सडकमा उत्रिएका छन्।

अस्पतालले नर्सहरूमाथि दमन गरेकाे भन्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा धर्नामा बसेका हुन्।

उनीहरूले ‘काम धेरै, तलब थाेरै, न्याय खै?’, ‘सडकमात्र न्यायालय हाे?’, ‘नर्सहरूलाई न्या देऊ सरकार’, ‘नर्स हुनुमा गर्व गर्ने कि पश्चाताप?’लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

सामाजिक अभियन्ता लाक्पा तामाङका अनुसार नर्सहरूका समस्याकाे बारेमा पाँच बुँदै मागसहित चार दिन अगाडि सरकारलाई ज्ञापनपत्र बुझाएकाे थियाे।

पाँचबुद मागसहित नर्सहरू तीनदेखि लगातार धर्नामा बसिरहेका हुन्।

हेर्नुहाेस् तस्बिरहरू:

 

 

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्