काठमाडौँ – नेपालीहरुको महान पर्व दसैँ संघारमै आइसकेको छ। दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ।

यतिबेला राजधानीको इन्द्रचोक, न्यूरोड, असनलगायतका क्षेत्रमा दसैँको किनमेल गर्नेहरुको घुइँचो बढेको छ।

यसअघिका दुई वर्ष कोरोना भाइरसको महामारीका कारण दसैँ उत्साहजनक बनेको थिएन। यसपटक भने व्यापार पनि उत्साहजनक रुपमा भइरहेको व्यापारीहरु बताउँछन्।

सर्वसाधारणहरुले पनि लत्ताकपडा, गरगहना, मोबाइल, जुत्ता चप्पललगायतको किनमेल गरिरहेका छन्।

दसैँमा नयाँ लुगा लगाउने र मान्‍यजनकोमा आशिर्वाद थाप्‍न जाने भएकाले सर्वसाधारणहरु नयाँ गरगहना तथा सामानको किनमेलमा व्‍यस्त देखिएका हुन्।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका काठमाडौँको इन्द्रचोक, न्यूरोड क्षेत्रका केही तस्बिरहरुः