कमल थापा भन्छन्ः मुलुकमा विदेशी प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ

हेटौंडा –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै अहिलेको अवस्थामा राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

आज हेटौंडा–१३ पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाँउमा आउनुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्नसमेत उनको आग्रह थियो।

मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेकोसमेत बताए।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर कमजोर बनाउन खोज्ने शक्ति असफल हुनेसमेत उनले टिप्पणी गरे।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्