करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ – धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटा नगरपालिका–६ पात्ले बस्ने ५७ वर्षीय राज बहादुर राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो।

सोही ठाउँस्थित उद्धव कटुवालको घरमा ढोका बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँके, खजुरा गाउँपालिका–२ बस्ने ५७ वर्षीय देवी प्रसाद भुषालको करेन्ट लागेर आज (शनिबार) बिहान मृत्यु भएको छ । आफ्नै घरमा अटो चार्जमा राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ् होम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्