नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः हक्की खेलका लागि एउटै गाउँपालिकाका खेलाडी छनोट

सिमकोट – असोज २८ देखि कात्तिक ३ गतेबाट सञ्चालन हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट हक्की खेलमा एउटै गाउँपालिकाका खेलाडीले सहभागिता जनाउने भएको छ।

कर्णाली प्रदेशका अन्य जिल्लामा हक्कीका खेलाडी नभएको कारण खेलाडी छनोटका लागि हुुम्ला पुुगेकी प्रशिक्षक विमला भट्टले छनोट गर्ने क्रममा एउटै गाउँपालिका खेलाडी छनोट गरेकी हुन्।

प्रशिक्षक भट्टले खेलाडी छनोट गर्ने क्रममा सिमकोट गाउँपालिका–२ बाट एक जना र ५ बाट १७ जना खेलाडी छनोट भएको बताइन्। उनले कर्णाली प्रदेशका अन्य नौ जिल्लाबाट हक्की संघ गठन नभएकाले र खेलाडी पनि नभएका कारण सबै खेलाडी हुुम्ला जिल्लाबाटै छनोट भएको जानकारी दिइन्। छनोट भएका १८ जना खेलाडीमध्ये केशव रावत र निराजन रावत दाजुुभाइ हुन्। अन्य खेलाडीमा एक जना वडा नम्बर २ को ठेहे गाउँको भए पनि अर्को गाउँका भए पनि बाँकी सबै एउटै गाउँका खेलाडीसमेत छनोट भएका छन्।

हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले साधन स्रोत र खेल खेल्ने स्थान टसको व्यवस्था नभएको कारण सिमकोटस्थित रंगशालाको मैदानमा राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडी प्रशिक्षण लिइरहेको बताए। खेलाडी छनोट र प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट एक महिनाका लागि हुम्ला आइपुुगेकी प्रशिक्षक भट्टले प्रतियोगिताका लागि छनोट भएका खेलाडीले हाल प्रशिक्षण लिइरहेको बताइन्।

टोलीलाई असोज २० गते सुर्खेतमा लगेर एक हप्ताका लागि बन्द प्रशिक्षण दिने कार्यक्रम छ। हुम्लाको टोलीले असोज २८ गते पोखरामा प्रतियोगिताको लागि कर्णाली प्रदेशबाट पहिलो खेल खेल्दै छ।

आठाँै रािष्ट्रय प्रतियोगितामा पनि साविकको मध्यपश्चिमबाट हुम्लाले सहभागिता जनाएको थियो।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्