आजकाे माैसम: देशका विभिन्न क्षेत्रमा वर्षा हुने

सांकेतिक तस्बिर।

काठमाडाैँ- हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूका भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिन्छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्