पुटिनले बर्खास्त गरे युक्रेन युद्धमा रुसी सैनिकका लागि अत्यावश्यक सामग्री व्यवस्थापन गर्ने उच्च अधिकारी

जनरल दिमित्री बुल्गाकोभ। तस्बिर : गेट्टी इमेज

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा रुसी सैनिका लागि अत्यावश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका उपरक्षामन्त्रीलाई बर्खास्त गरेका छन्।

युक्रेनमा युद्धरत रुसी सैनिकका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पुटिनले जनरल दिमित्री बुल्गाकोभलाई बर्खास्त गरेका हुन्।

६७ वर्षका बुल्गाकोभलाई बर्खास्त गरिएको सम्बन्धी जानकारी रुसको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको हो। उनलाई नयाँ जिम्मेवारी दिइने बताइएको छ।

बुल्गाकोभको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ नियुक्त हुनेछन्। मिखाइलले मासिपोलमा कब्जा गर्ने अभियानको नेतृत्व गरेका थिए।

बर्खास्त भएका जनरल बुल्गाकोभले सन् २००८ देखि रुसी सैनिकको अत्यावश्यक सामग्री व्यवस्थापन सम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

सन् २०१५ मा रुसी सैनिक सिरियामा तैनाथ हुँदा पनि आवश्यक सामग्री व्यवस्थापनको जिम्मा उनले नै पाएका थिए।

तर पछिल्ला केही महिनादेखि मस्कोमा उनी किनारा लगाइएका थिए। युक्रेनमा रुसी सैनिकका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा नपुग्नुको दोष बुल्गाकोभमाथि लगाइँदै आएको छ।

सामग्रीको अभावमा रुसी सैनिक कब्जामा लिएको क्षेत्रबाट पनि पछि हट्न बाध्य भएका थिए।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्