उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर काेरियाली नेता किम जाेंग उन।

उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका हुन्।

उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो। अमेरिकी सैन्य विमान संयुक्त सैन्य अभ्यासका लागि दक्षिण कोरिया आएको केही दिनमै उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो।

यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले आफ्नो शक्ति प्रदर्शन गरेको ठानिएको छ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षण गम्भीर उक्साहट रहेको दक्षिण कोरियाले बताएको छ।

संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले त्यसको उल्लंघन गर्दै आएको छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्