गैंडाको खागसहित गोंगबुबाट दुई जना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – गैंडाको खागसहित काठमाडौँको गोंगबु बसपार्कबाट दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आज बिहान बसपार्कस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।

टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

प्रहरीले भने पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको छैन। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्