भारतलाई ९ वर्षपछि अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा सिरिज जित्ने मौका

काठमाडौँ – भारत र अस्ट्रेलियाबीच जारी तीन खेलको टी–२० सिरिजको अन्तिम खेल आज (आइतबार) हैदराबादमा हुँदैछ।

सिरिजको अघिल्लो खेलमा दुबै टिम समान १–१ जित निकालेकाले अन्तिम खेल निर्णायक मानिएको छ। भारतीय भूमिमा अस्ट्रेलिया बलियो मानिने गरिन्छ।

भारतले २०१३ पछि अस्ट्रेलियाविरुद्ध आफ्नो भूमिमा कुनै पनि टी–२० सिरिज जित्न सकेको छैन।

पछिल्लो पटक ९ वर्षअघि १–० ले भारतले अस्ट्रेलियालाई पराजित गरेको थयो। त्यसपछि २०१७ मा भएको टी–२० सिरिज १–१ को बराबरीमा सकियो। पछिल्लो पटक २०१९ मा भएको टी–२० सिरिजमा अस्ट्रेलिया २–० ले विजयी भएको थियो।

जारी सिरिजमा मोहालीमा भएको पहिलो टी–२० सिरिज अस्ट्रेलियाले आफ्नो नाममा पारेको थियो। जबकि नागपुर टी–२० मा भारतले अस्ट्रेलियालाई पराजित गर्दे खेल १–१ को बराबरीमा ल्याएको थियो। त्यसैले आइतबारको खेलमा जित हासिल गर्ने टिमले सिरिज कब्जा गर्ने छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्