‘प्रेमगीत ३’ले विश्वव्यापी कमायो १४ करोड ६ लाख रुपैयाँ

काठमाडौँ- ‘प्रेमगीत ३’ फिल्मले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५  लाख रुपैयाँ ग्रस कमाएको छ ।

नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।

भारतमा फिल्मको हिन्दी संस्करणले भने दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।

ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमाएको हो। ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमाएको छ ।

दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले गरी विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।

नेपालमा हाल ‘प्रेमगीत ३’ले फिल्मको नेपाली संस्करण मात्रै हलहरुमा चलिरहेको छ। नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भएको छ। हिन्दी संस्करण रिलिजपछि कमाइमा वृद्धि हुने देखिएको छ ।

 

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्