कैलालीको घैलाखोलामा डुबेर एक बालकको मृत्यु

सांकेतिक तस्बिर ।

धनगढी – कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका-१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्