नम्बर नखुलेको सवारीसाधनकाे ठक्करबाट मृत्यु

दाङ- दाङको लमही नगरपालिका-७ मा एकजनाको दुर्घटनामा परेर मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्ग किनारमा चाेटपटक लागेकाे अवस्थामा लमही नगरपालिका वडा नम्बर ७ जनकपुर निवासी करिब ५० बर्षिय लिलाराम चौधरी फेला परेका थिए।

गम्भीर घाइते अवस्थामा भेटिएका चाैधरीलाइ कुन सवारीसाधनले ठक्कर दिएको भन्ने बारे अझै नखुलेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

घाईतेको खुट्टा र टाउकोमा गहिरो चोट लागेको थियाे। घाईतेलाई उपचारकाे लागि लमही अस्पताल लगिएको थियाे। तर, त्यहाँ पुर्‍याए लगत्तै मृत घाेषणा गरिएको थियाे। घटना बारे प्रहरीले अनुसन्धान भइरहेकाे जनाएकाे छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्