निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

काठमाडौँ – आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

असोज २३ गते चितवनमा, असोज २५ गते जनकपुरमा, असोज ३१ गते विराटनगरमा, कात्तिक २ गते पोखरामा, कात्तिक ४ गते बुटवलमा, कात्तिक १७ गते सुर्खेतमा, २०७९ कात्तिक १९ गते धनगढीमा र २०७९ कात्तिक २३ गते काठमाडौँमा संघर्षका कार्यक्रम गर्ने उनीहरुले घोषणा गरेका छन्।

असोज १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्