सिमकोटको पानीमा देखिएको कोलिफर्म र इकोली हट्यो

सिमकोट – केही समयअघि परीक्षण गर्दा पानीमा देखिएको कोलिफर्म र इकोली हटेको छ। सिमकोट गाउँपालिका अन्तर्गतको खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम ( वास) ले खानेपानीको मुहानमा क्लोरिन मिसाएपछि ती जीवाणुु हटेका हुन्।

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित वास कार्यक्रमका संयोजक जंगबहादुुर रोकायाले खानेपानीको मुहानमा जीवाणुु भेटिएपछि क्लोरिन मिसाइएको बताए।

क्लोरिन मिसाएको केही समयपछि पानीको परीक्षण गर्दा कोलिफर्म र इकोली दुुबै जीवाणुु नपाइएको उनले बताए। क्लोरिन मिसाएपछि पानीको परीक्षण गरिएको थियो। सिमकोट खानेपानी आयोजनाका पाँच वटा ट्यांकी र मुहानमा क्लोरिन मिसाइएको थियो। क्लोरिन मिसाइएको केही दिन पनि ६ वटा स्थानका धाराको पानी परीक्षण गरिएको थियो। जसमा लादेवाडा, माथिल्लो गाउँ, विमानस्थल क्षेत्र, बजार क्षेत्र, तल्लो गाउँ र अस्पताल क्षेत्रका धाराको पानी परीक्षण गर्दा कोलिफर्म इकोली नभेटिएको उनले बताए।

यद्यपि, वर्षायामको कारण पानीमा धमिलोपना भने देखिएको ल्याब परीक्षण प्रतिवेदनले देखाएको छ। पानी परीक्षण पनि मानिसका लागि प्रयोग गर्न योग्य पानी रहेको पाइएको छ।

उनले पानीमा क्लोरिन मिसाइएपछि पानी पिउनयोग्य रहेको ल्याब परीक्षणले देखाएको उनले बताए।

यसका लागि युुनिसेफले पानी परीक्षण गर्न वाकटेक मेसिन उपलब्ध गराउनुुका साथै जनशक्तिलाई तालिमसमेत प्रदान गरेको थियो।

पानीमा हानिकारक जीवाणुु देखिएपछि अब पटक–पटक पानी परीक्षण गर्न आवश्यक देखिएको छ। कार्यक्रमले अब सिमकोट गाउँपालिकाका सबै वडाका खानेपानीका मुहानको पानी परीक्षण गर्ने जनाएको छ।

असोज १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्