बंगलादेशमा तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

उत्तरी बंगलादेशमा हिन्दु श्रद्धालुहरूले भरिएको डुंगा डुबेपछि उद्धारकर्ताहरूले शव निकाल्दा भेला भएका मानिसहरू । डुंगा डुब्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । (तस्बिर: फिरोज अल सबाह/एएफपी)

एजेन्सी – बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो ।

अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्षममताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्