रुसको विद्यालयमा अन्धाधुन्ध गोलीप्रहार, कम्तीमा १७ जनाको मृत्यु

रुसको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

रुसको मध्य क्षेत्रमा रहेको विद्यालयमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएको रुसी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजेभ्स्कमा करिब एक हजार विद्यार्थी अध्ययनरत विद्यालयमा गोलीकाण्ड भएको हो । मृत्यु हुनेमा ११ जना बालबालिका समेत छन् ।

यस्तै दुई शिक्षक र दुई सुरक्षागार्डको पनि मृत्यु भएको छ । आक्रमणकारीले आफैलाई पनि गोली हानेका छन् । उनको पनि मृत्यु भएको जनाइएको छ । आक्रमणकारी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

घाइते हुनेमा अधिकांश बालबालिका छन् । घाइते मध्ये दुई जनामात्रै वयश्क हुन् ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्